७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी केन्द्रको समूह विजयी



तुलसीपुर (दाङ) । राप्ती गाउँपालिका ९ का वडाध्यक्षमा माओवादी केन्द्र रिमबहादुर सुनारी मगर दुई सय एक मतबाट पूरै समूहसहित विजयी भएका छन् । महिला सदस्यमा कुवाँरीदेवी कार्की, दलित महिला सदस्यमा देउकला कामी तथा खुला सदस्यमा अलि महम्मद मियाँ र दधि बराल विजयी भएका छन् । यस वडामा मतदाता पाँच सय ८३ रहेकामा चार सय ५७ मत खसेको थियो ।

राजपुर १, २ र ६ मा माओवादी केन्द्र

राजपुर गाउँपालिका वडा नं १ मा माओवादी केन्द्रका विष्णुबहादुर बुढाको समूह नै विजयी भएको छ । त्यस्तै महिला सदस्यमा गोमा अधिकारी, दलित महिला सदस्यमा केशमाला सुनार तथा खुला सदस्यमा शिउप्रसाद चौधरी र रामबहादुर सुनार विजयी भएका छन् । मतदाता एक हजार छ सय ५९ रहेकामा एक हजार एक सय ५९ मत खसेको थियो ।

राजपुर २ मा माओवादी केन्द्रका दुर्गाप्रसाद शर्माको समूह नै विजयी भएको छ । त्यस्तै महिला सदस्यमा शान्ता चौधरी, दलित महिला सदस्यमा शान्ता परियार तथा खुला सदस्यमा गुरुप्रसाद विक र अर्जुन डिसी विजयी भएका छन् । कुल मतदाता दुई हजार ६४ रहेको सो वडामा एक हजार पाँच सय ९५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

राजपुर गाउँपालिका वडा नं ६ मा माओवादी केन्द्रकै श्यामबहादुर रोकाको समूह नै विजयी भएको छ । त्यस्तै महिला सदस्यमा दिलमति वली चौधरी, दलित महिला सदस्यमा सन्ध्या नेपाली तथा खुला सदस्यमा रामवेलासु चौधरी र सुरेन्द्रकुमार रोका विजयी भएका छन् । मतदाता एक हजार ५३ रहेको सो वडामा आठ सय ३४ मत खसेको थियो ।

शान्तिनगर गाउँपालिका १ मा माओवादी केन्द्रका जङ्गबहादुर पुनको समूह नै विजयी भएको छ । त्यस्तै महिला सदस्यमा विमी डाँगी ९विमला०, दलित महिला सदस्यमा कल्पना विक तथा खुला सदस्यमा अनन्तबहादुर डाँगी र लुद्रबहादुर केसी विजयी भएका छन् । मतदाता एक हजार सात सय ३८ रहेको सो वडामा एक हजार तीन सय ५२ मत खसेको थियो ।

शान्तिनगर ७ मा सोही दलका पिमलाल वलीको समूह नै विजयी भएको छ त्यस्तै महिला सदस्यमा सुभद्रा भण्डारी, दलित महिला सदस्यमा दुर्गा विक तथा खुला सदस्यमा राजेश चौधरी र बुद्धिराम चौधरी विजयी भएका छन् । मतदाता दुई हजार एक सय २९ रहेको सो वडामा एक हजार पाँच सय ८८ मत खसेको बताइएको छ । रासस

प्रकाशित मिति : १७ असार २०७४, शनिबार ००:००