८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिनाहुँ र पूर्वखोला गाउँपालिकामा एमाले विजयी



सुशीला रेग्मी (रामपुर, पाल्पा) । तिनाहुँ गाउँपालिका र पूर्वखोला गाउँपालिकाका अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । तिनाहुँ अध्यक्षमा एमालेका यमबहादुर घर्ती दुई हजार आठ सय १९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र पाण्डेयले दुई हजार सात सय सात मत ल्याएका छन् ।

गाउँपालिकाका उपाध्यक्षमा एमालेका दमन्ती थापा विजयी भएकी छन् । उनले दुई हजार आठ सय ७५ मत ल्याएकी छन् भने उनको निकटतम प्रतिस्पर्धी कांग्रेसका मन कार्कीले दुई हजार छ सय ८६ मत पाएका छन् ।

त्यस्तै पूर्वखोला अध्यक्षमा एमालेका नुनबहादुर थापा आठ हजार आठ सय ३६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका झमनराज मगरले एक हजार ३२ मत ल्याएका छन् ।

गाउँपालिका उपाध्यक्षमा एमालेका भागीरथी भट्टराई पाँच हजार चार सय मत ल्याई विजयी हासिल गरेकी छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका पुष्पा गाहाले एक हजार एक सय ४३ मत पाएकी छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा अन्य स्थानीय तहको मतगणना जारी छ । रासस

प्रकाशित मिति : १७ असार २०७४, शनिबार ००:००