कञ्चनपुर । लालझाँडी गाउँपालिकामा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार विजयी भएका छन् । शुक्रबार राति अबेर सम्पन्न मतगणनाको अन्तिम परिणामानुसार लालझाँडी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका मदन बडायक र उपाध्यक्षमा माओवादीकै सत्यादेवी महरा विजयी भएका हुन् ।
लालझाँडी गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयका अनुसार बडायक आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका निर्मल रानालाई १४५ मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन् ।
बडायकले दुई हजार ५०९ र रानाले दुई हजार ३६४ मत तथा उपाध्यक्षमा माओवादी केन्द्रका सत्यादेवी महराले दुई हजार ३४५ र उनका निकटम प्रतिद्वन्द्वी एमालेकी फरिता चौधरीले दुई हजार २२१ मत ल्याएकी छन् ।
लालझाँडीमा माओवादी केन्द्र र कांग्रेस तीन तीन वडामा विजयी भएका छन् । माओवादी केन्द्र ३, ४ र ६ कांग्रेस १, २ र ५ मा विजयी भएका हुन् । माओवादी केन्द्रबाट क्रमशः वडा नं ३ मा टीकाराम चौधरी, ४ मा बहादुर राना र ६ मा पोतिलाल चौधरी तथा कांग्रेसबाट वडा नं १ र २ मा क्रमशः हेमराज र राना राजा राना तथा ५ मा नन्दलाल अवस्थी निर्वाचित भएका छन् ।
लालझाँडीमा १० हजार आठ हजार ५१ मतदातामध्ये आठ हजार नौ सय ६२ मत खसेका थिए । रासस
प्रतिक्रिया