८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा कांग्रेस विजयी



बैतडी । दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । शनीबार बिहान सार्वजनिक मतपरिणामानुसार दशरथचन्दमा कांग्रेसका नरेन्द्रसिंह थापा तीन हजार सात सय ६२ मत लिएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका पुष्करराज जोशीले तीन हजार सात सय मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा कांग्रेसकै मीना चन्द तीन हजार सात सय ३१ मतका साथ विजयी भइन् । उनको निकटतम प्रतिस्पर्धी एमालेकी सरस्वती नेपालीले दुई हजार नौ सय ९७ मत ल्याएकी छन् ।

यस्तै सुर्नया गाउँपालिका अध्यक्षमा कांग्रेसका वीरबहादुर विष्ट दुई हजार चार सय ५३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नरेन्द्र विष्टले दुई हजार दुई सय ७६ मत ल्याए ।

उपाध्यक्षमा एमालेकी लीला विष्ट दुई हजार तीन सय चार मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी भागीरथी बोहराले दुई हजार एक सय ८७ मत ल्याएकी छन् । रासस

प्रकाशित मिति : १७ असार २०७४, शनिबार ००:००