२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमरगढी नगरपालिकामा एमाले विजयी



डडेल्धुरा । अमरगढी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । नगर प्रमुखमा एमालेका विश्वेश्वरप्रसाद ओझा (विपिन) तीन हजार ७६८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिल्लीराज जोशीले तीन हजार ६४० मत प्राप्त गरे ।

उपप्रमुखमा एमालेकी सङ्गीता भण्डारी गिरी तीन हजार ५०८ मत प्राप्त गरी विजयी भइन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी पार्वती झुकालले तीन हजार २०८ मत प्राप्त गरीन् । प्रमुखमा विजयी ओझा डडेल्धुरा क्याम्पसका पूर्व स्ववियु उपसभापति तथा उपप्रमुखमा विजयी भण्डारी नेपाल पत्रकार महासङ्घ, डडेल्धुरा शाखाकी सदस्य हुन् ।

मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीका अनुसार उक्त नगरपालिकाको ११ वडा मध्ये ६ वटामा नेकपा एमालेले जित हासिल गरेको छ भने पाँचवटामा कांग्रेस विजयी भएको छ । एमाले अमरगढी– ४, ५, ७, ९, १० र ११ मा तथा कांग्रेस १, २, ३, ६ र ८ मा विजयी भएको छ । रासस

प्रकाशित मिति : १६ असार २०७४, शुक्रबार ००:००