Logo

बाँकेमा एमालेले खाता खोल्यो



खजुरा (बाँके) । बाँकेको कोहलपुर नगरपालिका–१ मा नेकपा एमालेका गोपी खनाल अध्यक्षमा निर्वाचित भएका छन् ।

उनले आफ्ना प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पराजित गर्दै ५०९ मतका साथ अध्यक्षमा विजयी भएका हुन् । वडा नं १ मा खनालसंगै एमालेको सम्पूर्ण प्यानल नै विजयी भएको हो ।

उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले ३४४ मत र नेपाली कांग्रेसले २८० मत प्राप्त गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्