उर्लाबारी (मोरङ) । मिक्लाजुङ गाउँपालिका वडा नं १ मा नेकपा एमालेले विजयी सुरुआत गरेको छ ।
मिक्लाजुङ गाउँपालिका वडा नं १ का अध्यक्षमा नरबहादुर राईसहित पूरै समूह नै विजयी भएको हो । सो वडामा खसेको एक हजार २४१ मध्ये ४२६ मत प्राप्त गरी राई विजयी भएका हुन् ।
यस्तै सदस्यमा एमालेकै पविन राई, फर्समान तामाङ, सन्तमाया विक र लोहनरानी राई विजयी भएका छन् । रासस
प्रतिक्रिया