५ बैशाख २०८१, बुधबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस र एमालेले बाजुरामा खाता खोले



भीमदत्तनगर । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम सुरु भएको छ । सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुराको बडीमालिका नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका एक एक वडाध्यक्षमा विजयी भएका छन् ।

बडीमालिका नगरपालिका–१ मा नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार रामबहादुर कार्की ५४० मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका दिल विकले २८३ मत प्राप्त गरेका छन् । ८५७ मतदाता रहेको वडा नं १ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएको नेपाली कांग्रेस बाजुराका पूर्वसचिव धनराज पण्डितले जानकारी दिए । बडीमालिकाको नगर प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारहरुले अग्रता लिएका छन् ।

त्यसैगरी, बडीमालिका नगरपालिका–२ मा नेकपा एमालेका उम्मेदवार डम्बरबहादुर महत २४२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रसका वडाध्यक्षका उम्मेदवार गोपाल कार्की ६ मतले पराजित भएका छन् । उनले २३६ मत प्राप्त गरेका छन् । रासस

प्रकाशित मिति : १५ असार २०७४, बिहिबार ००:००