१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोटहीमाईमा १६ गते मतदान



तिलोत्तमा (रुपन्देही) । रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ मा असार १६ गते मतदान हुने भएको छ । उम्मेदवारको निधन भएपछि मतदान सारिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकारी होमनाथ गौतमले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रबाट वडा सदस्यको मनोनयन दर्ता गराएका मुरली मल्लाहाको शनिबार निधन भएको थियो । दम रोगबाट ग्रसित मल्लाहाको उपचारका क्रममा मृत्यु भएको हो । रुपन्देहीका अन्य स्थानमा भने आज नै मतदान हुँदैछ ।

जिल्लामा चार लाख ६२ हजार मतदाता रहेका छन् भने उम्मेदवार चार हजार ४२४ जना रहेका छन् । रासस

प्रकाशित मिति : १४ असार २०७४, बुधबार ००:००