४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोट हाल्न गाउँ फर्कदै मतदाता



दाङ । दोश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुन दुई दिन बाँकी रहँदा घरदेखि टाढा रहेका मतदाता मतदान गर्नका लागि घर फर्कन थालेका छन् ।

झन्डै दुई दशकपछि र नयाँ संरचनामा पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि मतदाता घर फर्कन थालेका हुन् ।

कामको सिलसिलामा भारत पुगेका र नेपालकै विभिन्न जिल्लामा रहेका मतदाता मतदानका लागि गृह जिल्लामा फर्कने क्रम सुरु भएको छ । मतदाता नामावली रहेको क्षेत्रमा फर्कनेको क्रम बढ्दै गएको र गाडीमा पनि चाप बढेको छ । ‘वषौपछि हुनलागेको स्थानीय तहको निर्वाचनमा भोट हाल्न घरमा आएको हुँ –भारतको चण्डीगडमा बस्दै आएका तुलसीपुर–३ का यमबहादुर नेपालीले भने  ।

दाङदेखि बाहिर रहेका फर्कंदै छन् भने दाङलाई कर्मथलो बनाएका अन्य जिल्लाका मतदाता पनि आफ्नो गृह जिल्लामा फर्कने क्रम जारी छ । पेसा, व्यवसायकै कारण सहर झरेका सर्वसाधारण मतदाता पनि नामावली रहेको गाउँटोलमा फर्कन थालेका छन् ।

“मेरो नामावली रोल्पामा छ, त्यसैले आजै रोल्पा जान लागेको छु” –रोल्पाको पाखापानी निवासी भिमबहादुर वलीले भने । त्यसैगरी अध्यनका लागि काठमाडौँ, पोखरा लगयातलका सहरमा पुगेका युवायुवती पनि मतदानका लागि घर फर्कने क्रम जारी रहेको छ ।

“मेरो एक भोटका कारण कुनै उम्मेदवारले हार्नसक्छ, त्यसैले भोट हाल्नका लागि काठमाडौँ देखि दाङ आएकी छु,” तुलसीपुर–४ कि रमा खड्काले भनिन् । रासस

प्रकाशित मिति : १२ असार २०७४, सोमबार ००:००