१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्धक्क भएर निर्वाचनमा भाग लिन गृहमन्त्रीको आग्रह



तुलसीपुर (दाङ) । गृहमन्त्री जनार्दन शर्माले स्थानीयतहको निर्वाचनमा जनता निकै उत्साहित रहेको र राजनीतिक दलहरुबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण देखिएको बताएका छन् । उनले सोमबार बिहान पत्रकारसंग गरिएको साक्षात्कार कार्यक्रममा सो कुरा बताएका हुन् ।

गृहमन्त्री शर्माले शान्ति सुरक्षाको दृष्टिकोणले कुनै कमीकमजोरी नरहेकाले निर्धक्क भएर निर्वाचनमा भाग लिन सबैलाई आग्रह गरे । उनले पहिलो चरणको निर्वाचनमा एकाध घटनाबाहेक पूर्णत शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको भन्दै दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण रुपमा हुने विश्वास व्यक्त गरे ।

गृहमन्त्री शर्माले राजनीतिक समस्या समाधान गर्नका लागि तीन चरणमा निर्वाचन गराउनु परेको स्पष्ट पार्दै भने शान्ति सुरक्षा पुर्याउन नसक्ने भएर होइन ।

उनले निर्वाचन बिथोल्न अघि सरेको नेकपा (माओवादी विप्लव) समूहले पनि थवाङलगायत कतिपय स्थानमा निर्वाचनमा भाग लिइरहेको बताए ।

त्यस्तै संविधानप्रति असन्तुष्ट रहँदै आएको राष्ट्रिय जनता पार्टी (राजपा) कै सहमतिमा प्रदेश नम्बर २ मा असोज २ गते निर्वाचन गर्न सरकार तयार भएको उनको भनाइ छ ।

गृहमन्त्री शर्माले स्थानीय निकायको निर्वाचन सम्पन्न भएपछि मङ्सिरभित्रै अन्य निर्वाचन गरिसक्ने तयारी सरकारले गरेको बताए । रासस

प्रकाशित मिति : १२ असार २०७४, सोमबार ००:००