११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वमन्त्री नगरप्रमुखका उम्मेदवार



बैतडी । बैतडीको पाटन नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट पूर्व सहायकमन्त्री केशवबहादुर चन्द नगरप्रमुखका उम्मेदवार बनेका छन् ।

पाटन नगरपालिकामा प्रमुखको उम्मेदवार बनेका उनी नगरपालिकाका बस्तीबस्ती पुगेर घरदैलो गरिहेका छन् । चन्दलाई प्रमुखमा छनौट गरेर कांग्रेसले पाटन नगरपालिकालाई प्रतिष्ठाको विषयको रुपमा लिएको सर्वत्र अनुमान गरिएको छ भने आफ्नो राजनीतिक जीवनको अनुभवलाई स्थानीयस्तरमा कार्यान्वयन गर्नका लागि उम्मेदवारी दिइएको उनको भनाइ छ ।

विगतमा पनि आफूले यसै क्षेत्रबाट जनताको प्रतिनिधित्व गरेँ अहिले पनि स्थानीयस्तरमै जनताको सेवा गर्नका लागि मैले उम्मेदवारी दिएको हुँ चन्दले भने– “ देशका १० वटा नमुना सहरमध्येको पाटन सहर पाटन नगरपालिकामा केन्द्रीय राजनीतिको अनुभव समेटेर काम गर्छु”
यो क्षेत्रको शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन, भौतिक पूर्वाधारलगायतको विकासका लागि स्पष्ट खाँका छ । सोही खाकाअनुसार आफूले कामसमेत गर्ने प्रतिबद्घता व्यक्त गरे ।

चन्द २०५३ सालको उपनिर्वाचनमा बैतडी क्षेत्र न– १ बाट सासंद भएर महिला बालबालिका तथा समाजकल्याण सहायक मन्त्रीसमेत बनेका थिए । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले बैतडीका दुबै क्षेत्रबाट जितेपछि त्यहाँ भएको उपनिर्वाचनमा उनी बिजयी भएका हुन् ।

कांग्रेसले सो नगरपालिकामा उम्मेदवार छनोट गर्ने क्रममा १४ जनाको दाबी परेकामा अन्तिममा सबैले चन्दलाई सर्वसम्मत् उम्मेदवारको रुपमा अघि सारेका थिए ।

चन्दले आफ्नो उम्मेदवारी नगरको समग्र विकास र समृद्धिका लागि भएको बताए । उनले आफू प्रमुख भएपछि पाउने तलबभत्तालाई पीडित नागरिकको घाउमा मलम लगाउन प्रयोग गर्ने बताए । उनी भन्छन्– “हिजोका दिनमा पनि मैले समाजसेवा गरेको हुँ अव पनि सामाजिक काम गर्नेछु । जनताले मलाई जिताएमा मेरो अनुभवको आधारमा काम गर्नेछु सबै मतदातालाई भोट दिन अनुरोध गर्दै प्रचारमा हिँडेको छु” चन्दले भने ।

पाटनमा कडा प्रतिस्प्रदा हुने

पाटन नगरपालिकामा पूर्व सहायकमन्त्री केशव चन्दको उम्मेदवारी भए पनि त्यहाँ कडा रुपमा प्रतिस्पर्दा हुने देखिएको छ । सो पदमा नेकपा एमालेबाट कानुनका विद्यार्थी समेत रहेका युवानेता नरेशकुमार विश्वकर्मा प्रतिस्पर्दामा छन् । यस्तै माओवादी केन्द्र बाट पनि पत्रकार शङ्कर भण्डारी प्रतिस्पर्दामा छन् भने राप्रपाबाट रणबहादुर विष्ट भिड्दै छन् । विवेकशील नेपाली सर्मथक भरतराज पन्तले पनि स्वतन्त्ररुपमा प्रमुखमै उम्मेदवारी दिएका छन् । रासस

प्रकाशित मिति : ११ असार २०७४, आइतबार ००:००