१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदानअधिकृतदेखि सहयोगीसम्म महिला



इलाम । स्थानीय तहको निर्वाचनमा इलामका चारवटा मतदान केन्द्रमा महिला कर्मचारी खटाइएको छ ।

इलाम नगरपालिका–७ स्थित आदर्श आधारभूत विद्यालय, सोही नगरपालिकाको भगवती मावि, र इलाम विद्यामन्दिर र माई जोगमाई गाउँपालिकाको अमरकल्याण मावि नयाँबजारमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन केन्द्र महिलामैत्री र नमुनाका बनाउन महिलाकै नेतृत्वमा निर्वाचन सम्पन्न गर्न महिलालाई परिचालन गरिएको सहायक निर्वाचन अधिकृत जगदीश्वर भट्टराईले जानकारी दिए ।

महिला कर्मचारी परिचालन भएका मतदान केन्द्रमा सहायक मतदान अधिकृत, दुईजना सहायक कर्मचारी र दुईजना सहयोगी पनि महिला नै नियुक्ति गरिएको छ ।

जिल्लाको सबैभन्दा टाढा रहेको अमर कल्याणमा निर्वाचन सम्पन्न गर्ने दृढताका साथ लागेकी मतदान अधिकृत विमला मिश्रले भनिन्, “पुरूषले गर्न सक्ने काम हामी महिलाले चाहिँ किन गर्न नसक्ने, सहज र सौहार्दपूर्ण वातावरणमा निर्वाचन गर्नु मेरो दायित्व हो ।”

चार नगरपालिका र छवटा गाउँपालिका रहेको इलाममा एक लाख ८९ हजार २७४ मतदाता छन् । सबै मतदान केन्द्रमा शनिबारै कर्मचारी पुगिसकेका र आजदेखि मतदाता परिचयपत्र वितरणको काम सुरु हुने जनाइएको छ । रासस

प्रकाशित मिति : ११ असार २०७४, आइतबार ००:००