४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेको जितलाई कसैले रोक्न सक्दैनः महासचिव पोखरेल



भोजपुर । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमालेको जितलाई कसैले रोक्न नसक्ने बताएका छन् ।

नेकपा एमाले, भोजपुर नगर कमिटीले शनिबार अपरान्ह आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनमा पहिलो चरणको भन्दा अझ बहुमत ल्याएर विजयी हुने दाबी गरे ।

महासचिव पोखरेलले भोजपुरको समग्र विकासका लागि योजना बनाएर एमाले अघि बढ्ने बताए । सभामा एमालेका पोलिटब्युरो सदस्य शेरधन राई, भोजपुर नगर प्रमुख पदका उम्मेदवार गणेश श्रेष्ठ र उपप्रमुख पदकी उम्मेदवार ममिता राईले आफ्ना प्रतिबद्धता राखेका थिए । रासस

प्रकाशित मिति : ११ असार २०७४, आइतबार ००:००