६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका तीन जिल्लामा विवेकशीलका चार उम्मेदवार



कञ्चनपुर । विवेकशील नेपाली दल कञ्चनपुरले सुदूरपश्चिम क्षेत्र बैतडी, कैलाली र कञ्चनपुर जिल्लामा मात्रै स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई मैदानमा उतारेको छ ।

काठमाडौँ महानगरपालिकामा सम्मानजनक मत ल्याएको दलले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा प्रमुख पदमा अर्जुनसिंह धामी र वडा नं ११ अध्यक्ष मा दिलबहादुर साउदलाई चुनावी मैदानमा उतारेको छ ।

धामी मोडलिङको क्षेत्रमा रहेका र साउद समाजसेवीका रुपमा चर्चित रहेका छन् । बैतडीको पाटन नगरपालिकाको प्रमुख पदको उम्मेदवारका रुपमा भरतराज पन्त रहेका छन । कैलालीको लम्की चुहा नगरपालिकाबाट उपप्रमुख पदको उम्मेदवारमा टेकराज कठायत चुनावी मैदानमा रहेका छन् ।

भ्रष्टाचार नियन्त्रण र पारदर्शितालाई व्यवहारमा लागू गर्ने, ब्लड बैंकको स्थापना गर्ने, भूमिसुधार र अधिकार, स्वास्थ्य क्षेत्रमा समान र सहज पहुँच, लागुऔषध नियन्त्रण, विद्युत् प्रसारणलाई व्यवस्थापन र क्षमता वृद्धि, शैक्षिक, कृषि क्षेत्रको विकास तथा विस्तारलाई अगाडि बढाउने एजेन्डा अघि सारिएको दलका केन्द्रीय सदस्य हरिशप्रसाद भट्टले बताए । रासस

प्रकाशित मिति : १० असार २०७४, शनिबार ००:००