तम्घास (गुल्मी) । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा एक हजार ३८१ कर्मचारी परिचालन गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद मरासिनीका अनुसार परिचालन गरिएका सम्पूर्ण मतदान अधिकृतसहितका कर्मचारी शनिबार बेलुकीसम्म जिल्लाका सवै मतदान केन्द्रमा पुगिसक्ने छन् ।
दुईसय चालिस मतदान केन्दमा परिचालन गरिएका मतदान अधिकृतसहितका कर्मचारीमा निजामती सेवातर्फका ९३१, सामुदायीक विद्यालयतर्फका ३५० र सार्वजनिक संस्थानबाट १०० कर्मचारी सम्बन्धित मतदान केन्द्रमा खटिएका छन् । दुई नगरपालिका र १० गाउँपालिका रहेको जिल्लामा एक लाख ८० हजार ७७५ मतदाता रहेका छन् । रासस
प्रतिक्रिया