८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामपुरका उम्मेदवार घरदैलो कार्यक्रममा व्यस्त



पाल्पा । आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिएका उम्मेदवार मतदातासँग भोट माग्न घरदैलो कार्यक्रममा जुटेका छन् । कतिपय राजनीतिक दलले अन्तिम समयमा मात्र उम्मेदवारको टुङ्गो लगाएकाले निर्वाचन कार्यालयमा मनोनयन दाखिला गरी अन्तिम नामावली प्रकाशन भएपछि भोट माग्न जनताको घरदैलो कार्यक्रमलाई तीव्र बनाएका हुन् ।

जिल्लाका २ नगरपालिका र ८ गाउँपालिका रहेको पाल्पामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा, अन्य साना दल र स्वतन्त्र उम्मेदवार तथा कार्यकर्ताहरू भोट माग्न व्यस्त छन् । रामपुर बजारका सुशील ढुङ्गाना स्थानीय निर्वाचनमा पहिलो पटक मतदान गर्न पाएकोमा खुसी हुँदै सक्षम नेतृत्वकर्ता चयन गर्ने बताउँछन् । उनी दलगत नेतृत्वभन्दा सक्षम, गाउँका समस्या समाधान गर्न सक्ने, विश्वासिला उम्मेदवारलाई मतदान गर्ने सोचमा छन् ।

निर्वाचनमा पाल्पामा विभिन्न दलले उम्मेदवारी दिए पनि मुख्य रूपमा कांग्रेस, एमाले र माओवादी केन्द्रबीचमा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । गाउँदेखि बाहिर बसेका मतदाता, नेता कार्यकर्ता भोट हाल्न गाउँ फर्किन थालेका छन् । निर्वाचनको मिति पटक–पटक सर्दै गर्दै चुनाव हुन्छ या हुँदैन भन्नेमा अन्यौलताका बीच चुनावमा होमिएका उम्मेदवारले असार ४ गते उम्मेदवारी दर्ता गराएपछि अब भने ढुक्कका साथ प्रचारप्रसारको कामलाई व्यापक बनाएका छन् । रासस

प्रकाशित मिति : ९ असार २०७४, शुक्रबार ००:००