१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बझाङ्गी महिला उपप्रमुखमै सीमित



बझाङ । बझाङ जिल्लामा ठूला तथा साना दलले उम्मेदवारको टुङ्गो लगाए पनि स्थानीय तहको प्रमुख पदमा भने महिला उम्मेदवारको नाम समावेश छैन ।

स्थानीय तहको प्रमुखका लागि जिल्लामा महिलाको उम्मेदवारी शून्य छ । ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले महिलालाई प्रमुखको उम्मेदवार नबनाएर उपप्रमुखमै सीमित राखेका हुन् ।

साना दल नयाँशक्ति, राप्रपा, जनमोर्चालगायतका दलले ठूला दलसँग तालमेलको तयारी गरेकाले प्रमुख पदमा उम्मेदवार उठाएका छैनन् । दश गाउँपालिका र दुई नगरपालिका रहेको बझाङमा वडाध्यक्षमा समेत महिलालाई अध्यक्ष पदको टिकट दिइएको छैन ।

जिल्लाका प्रमुख तीन दलबीचको चुनावी प्रतिस्पर्धामा महिला उम्मेदवार उठाउँदा पराजित हुने डर र महिलाले दबाब दिन नसक्दा प्रमुख पदको टिकट पाउन नसकेको महिला अधिकारकर्मी जयन्ती जोशीको भनाइ छ ।

एक त महिला आफैँमा आत्मविश्वास छैन अर्को कुरा राजनीतिक दलहरुको मानसिकता अझै पनि महिलाले केही गर्न सक्दैनन् भन्ने भएकाले महिलाले पार्टीको निर्णय स्वीकार्न बाध्य भएको उनले बताउनुभयो ।

झन्डै २० वर्षपछि स्थानीय तहको निर्वाचन हुन गइरहेकाले आफूभन्दा अग्रज नेतृत्वका अगाडि आफूले प्रमुखको टिकट नपाएको कांग्रेसबाट उपप्रमुख पदको उम्मेदवार अमृतादेवी सिंह बताउछिन् । जयपृथ्वी नगरपालिकाको प्रमुख पदका लागि आफ्नो दाबी भए पनि आफूभन्दा अग्रणी व्यक्तित्वको योगदानका कारण पार्टीको निर्णय स्वीकार्नुपरेको र उपप्रमुखमा चित्त बुझाउनुपरेको उपप्रमुखका उम्मेदवार सिंहको गुनासो छ ।

आउँदो निर्वाचन सङ्घीय प्रणालीबाट हुन गइरहेकाले आफूलाई एक्कासि प्रमुख पदमा दाबी गर्न अप्ठ्यारो भएको सोही नगरपालिका एमाले उपप्रमुखका उम्मेदवार जुना जाग्रीले बताइन् ।

त्यस्तै माओवादी केन्द्र उपप्रमुखका उम्मेदवार सरिता खड्काको पनि भनाइ उस्तै छ, लामो समयपछि नयाँ ढङ्गले निर्वाचन हुन गइरहेको र सिंहदरबारको सेवा गाउँघरमा दिनुपर्दा सेवाग्राहीलाई भनेजस्तो सेवा दिन सकिँदैन कि भन्ने सोच आएकाले प्रमुखको दाबी नगरेको उनले बताइन् । रासस

प्रकाशित मिति : ३० जेष्ठ २०७४, मंगलबार ००:००