१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्धारित मितिमै निर्वाचन हुन्छः उपप्रधानमन्त्री गच्छदार



विराटनगर । उपप्रधानमन्त्री एवं सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले स्थानीय तहको दोस्रो चरणको निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आइतबार अपरान्ह पत्रकारसंगको कुराकानीमा उनले निर्वाचनको मिति नसर्ने र राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी गराउन सरकार हरसम्भव प्रयासरत रहेको जानकारी गराए । निर्वाचनलाई सार्थक बनाउन निर्वाचन सम्बन्धी केही प्रावधानलाई सहज बनाउन सरकार लागि परेको उल्लेख गर्दै उनले निर्वाचन आयोगको सहमतिमा निर्वाचनसम्बन्धी ऐन, नियमलाई थप सहज बनाएर सबै पक्षलाई निर्वाचनमा सहभागी गराउने प्रयास भइरहेको स्पष्ट पारे ।

उनले संविधानलाई सर्वस्वीकार्य बनाउन निर्वाचनपछि दलको सहमतिमा संविधान संशोधन प्रक्रियाअघि बढ्ने बताए । रासस

प्रकाशित मिति : २८ जेष्ठ २०७४, आइतबार ००:००