१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीमा चार सय ६४ जनप्रतिनिधि निर्वाचित हुने



बैतडी । दोश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनबाट बैतडीमा ४६४ जना जनप्रतिनिधि निर्वाचित हुने छन् ।

बैतडीमा चार नगरपालिका र ६ गाउँपालिका गरी कुल १० स्थानीय तह रहेका छन् । तीमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ६० जना जनप्रतिनिधि निर्वाचित हुने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

यसैगरी पाटन नगरपालिका र पुर्चौडी नगरपालिकामा ५५–५५ जना तथा मेलौली नगरपालिकामा ५० जना जनप्रतिनिधि निर्वाचित हुने जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिए ।

उनका अनुसार दोगडाकेदार र सुर्नया गाउँपालिकामा ४५–४५ जना, पञ्चेश्वर र शिवनाथ गाँउपालिकामा ३५–३५ जना, सिगास गाउँपालिकामा ५० जना र डिलाशैनी गाउँपालिकामा ४० जना जनप्रतिनिधि निर्वाचित हुने छन् ।

प्रत्येक नगरपालिका र गाउँपालिबाट एक एक जना प्रमुख (अध्यक्ष) तथा उपप्रमुख (पाध्यक्ष), प्रत्येक वडाबाट एक वडा अध्यक्ष र कम्तीमा दुई महिला सदस्य सहित पाँचजना सदस्य निर्वाचत हुने छन् । निर्वाचनपछि हुने गाउँसभा र नगरसभाले थप जनप्रतिनिधिलाई चुन्नुपर्ने व्यवस्था छ । अल्पसङ्ख्यक, अपाङ्गता भएका र सीमान्तकृत समुदायको प्रतिनिधित्व हुने गरी प्रत्येक गाउँसभा बाट दुई जना र नगरसभा बाट तीनजना चुनिने व्यवस्था छ ।

कुल एक लाख २४ हजार ८२४ जना मतदाता रहेको बैतडीमा १२० मतदानस्थल तोकिएको छ । रासस

प्रकाशित मिति : २८ जेष्ठ २०७४, आइतबार ००:००