८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तेह्रथुमकाे आठराईमा एमालेले उम्मेदवारकाे टुङ्गाे लगायाे



तेह्रथुम । चुनावको मिति नजिकिँदै गर्दा केही दलले मात्र नगर र गाउँपालिकामा उम्मेदवारको टुङ्गो लगाएका छन् ।

जिल्लाका २ नगरपालिका र ४ गाउँपालिकामध्ये निकै चासो र चर्चामा रहेको आठराई गाउँपालिकामा नेकपा (एमाले) ले उम्मेदवार घोषणा गरेको छ । सो गाउँपालिका क्षेत्रफल र जनसङ्ख्या दुवै हिसाबले समेत जिल्लाकै ठूलो स्थानीय तह भएकाले पनि सबैको चासो र चर्चामा छ ।

तत्कालीन इवा गाविससहित ७ गाविस मिलाएर घोषणा गरिएको आठराई गाउँपालिकामा सरकारले जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी बजेटसमेत विनियोजन गरेको छ ।

एमालले आठराई गाउँपालिकामा एमालेले अध्यक्ष पदमा मानबहादुर लिम्बूलाई उम्मेदवार बनाएको छ ।उपाध्यक्ष पदमा एमलेले रुपादेवी कन्दङ्वालाई उम्मेदवार बनाएको छ । कन्दङ्वा एमाले तेह्रथुमकी महिला नेत्री हुन् ।

वडाध्यक्षका लागि आठराईको वडा नं. १ काे संक्रान्तिमा कमलध्वज माबुहाङ, २ नं. को खाम्लालुङमा गजेन्द्र चोङबाङ, ३ नं. को ह्वाकुमा भीष्मप्रसाद डाँगी, ४ नं. वडाको इवामा श्यामकुमार भट्टराई, ५ नं. छातेढुङ्गामा विष्णुप्रसाद ओली, ६ नं. को चुहानडाँडामा उमेश कन्दङवा र ७ नं.को थोक्लुङमा रोहित कन्दङवा एमालेबाट उम्मेदवार बनेका छन् ।

सो गाउँपालिकामा १२ हजार ५६७ मतदाता छन् । यसको केन्द्र सक्रान्ति बजार हो । सक्रान्ति बजारमा एमाले, कांग्रेस, माओवादी केन्द्रलगायत दलले प्रचारप्रसार कार्यालयसमेत स्थापना गरिसकेका छन् ।

उम्मेदवारको फोटो टाँसेर बनाइएका प्रचारका सामग्री सामाजिक सञ्जालमा छाएका छन् भने सार्वजनिक रुपमै समेत प्रचार थालिएको छ । बजारका घर, गाउँका घर सबैतिर पार्टीका चुनाव चिह्न अङ्कित झन्डा टाँगिएका छन् । दलहरुले क्रमशः प्रचारप्रसारका गतिविधिलाई तीव्रता दिएका हुन् । रासस

प्रकाशित मिति : २४ जेष्ठ २०७४, बुधबार ००:००