८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदाता शिक्षा दिँदै उम्मेदवार



धनगढी । दोस्रोचरणको स्थानीय तहको निर्वाचनका लागि मत माग्न उम्मेदवारले घरदैलो कार्यक्रममा मतदाता शिक्षा पनि दिन थालेका छन् ।

पहिलो चरणमा भएको निर्वाचनमा बढी मत बदर भएको देखिएकाले घरदैलो कार्यक्रमका क्रममा मतदातालाई मत हाल्ने तरिका सिकाउनु परेको सम्बद्ध उम्मेदवारले बताएका छन् ।

‘मत बदर नहोस् भन्ने उद्देश्यले घर घरमा गएर मत हाल्ने तरिकासमेत सिकाइरहेका छाँै, माओवादी केन्द्रका रमेश भट्टराईले भने– “पहिलो चरणको निर्वाचनले सबैलाई बढी मत बदर हुन नदिन सचेत बनाएको हो ।”

निर्वाचन आयोगले कैलाली जिल्लाको हकमा ४४ वटा चुनाव चिन्ह समावेश भएको मत पत्रको व्यवस्था गरेको छ । यसअघि सम्पन्न पहिलो चरणको चुनावमा उम्मेदवारले मत दिने तरिका सिकाउनुको साटो मतदातालाई आ–आफ्ना पार्टीको चुनाव चिन्हमा मात्रै मतहाल्न सुझाएको र मतपत्रको अकार ठूलो भएकाले सम्बद्ध उम्मेदवारको मतचिन्ह नभेटिएको जस्ता कारण धेरै सङ्ख्यामा मतपत्र बदर भएको बताइन्छ ।

नमुना मतपत्र सहित टोल टोलमा पुगेर आ–आफ्नो पक्षमा मत माग्न दलका उम्मेदवाबीच प्रतिस्पर्धा चलेको छ । निर्वाचन कार्यतालिका अनुसार स्वतन्त्र उम्मेदवारले पाउने चुनाव चिन्ह अझै निश्चित भइनसकेकाले स्वतन्त्र उम्मेदवार चुनाव चिन्ह बिना नै प्रचारप्रसारमा लागेका छन् ।

‘चुनावमा आफूलाई जिताउन भन्दै एजेन्डा लिएर घर घर पुग्ने नेता कार्यकर्ताको हातहातमा नमुना मतपत्र हुन्छ, राप्रपाका कैलाली जिल्ला अध्यक्ष गजेन्द्रबहादुर सिंहले भने– “उनीहरुले कसरी मत हाल्ने, कति चिन्हमा मत हाल्ने लगायतका बारेमा मतदातालाई सिकाउने गरेका छन् ।”

यता निर्वाचन कार्यालयले पनि मतदाता शिक्षा दिन जिल्लाभरी ४९० मतदाता शिक्षा स्वयम्सेवी परिचलन गरेको छ । एकजना मतदातालाई मतदान गर्ने तरिका सिकाउन समय बढी खर्च हुनेगरेकाले मतदाता शिक्षाका लागि दिइएको समय कम भएको धनगढीमा मतदाता शिक्षा दिइरहेका एक स्वयंसेवीले बताए ।

मतदाता शिक्षा कार्यक्रमकै क्रममा जिल्ला निर्वाचन कार्यालयको पहलमा दृष्टिबिहीन मतदातालाई दोभाषेको सहयोगमा मतदाता शिक्षा दिन लागिएको छ । रासस

प्रकाशित मिति : २३ जेष्ठ २०७४, मंगलबार ००:००