१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुरका दुई अध्यक्षलाई सपथ नगराउन आदेश



चितवन । भरतपुर महानगरपालिका वडा नं ४ र ७ का वडाध्यक्षलाई अध्यक्षको हैसियतमा सपथ ग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्न नगराउन आइतबार उच्च अदालत पाटन, हेटौडाले विपक्षीका नाममा आदेश दिएको छ ।

वडा नं ४ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहनु भएका उपेन्द्रराज सापकोटा सात मतअन्तरले पराजित भएका थिए भने वडा नं ७ मा नेपाली कांग्रेसकै श्यामप्रसाद लामिछाने १४ मतान्तरले पराजित भएका थिए ।

वडा नं ४ मा नेकपा एमाले का उम्मेदवार हरिप्रसाद आचार्य र वडा नं ७ बाट सोही पार्टीका राजेन्द्रमणि काफ्ले निर्वाचित भएका थिए । कम मतले पराजित भएका सापकोटा र लामिछानेले मतगणनामा त्रुटि भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई विपक्षी बनाई उच्च अदालत पाटनको हेटौँडा इजलासमा मुद्धा दायर गरेका थिए ।ब

ती दुवै मुद्धामाथि अदालतका न्यायाधीश बाबुराम रेग्मीको एकल इजलासले उच्च अदालत नियमावली, २०७३ को नियम ६१ बमोजिम आइतबार अन्तरकालीन आदेश जारी गरेको हो । आदेशमा विपक्षीबाट प्रतिउत्तर सरहको लिखित जवाफ परेपछि पुनः विचार हुने उल्लेख गरिएको छ । रासस

प्रकाशित मिति : २१ जेष्ठ २०७४, आइतबार ००:००