१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आयोगको निर्णय सच्चाउन माग



काठमाडौँ । युवा सङ्घ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको १९ वडाको पुनःमतदान गर्न गरेको निर्णय त्रुटीपूर्ण रहेकाले सच्चाउन माग गर्दै रत्नपार्कस्थित शान्तिबाटिकामा विरोध प्रदर्शन गरेका छन् ।

उक्त वडामा पुनःमतदान गरिए निर्वाचन आयोगले गरेको चुनावप्रतिको विश्वसनियता कम हुने हुँदा त्यसलाई सञ्चाउन माग गरिएको छ ।

युवा सङ्घ नेपालका उपाध्यक्ष रमेश पौडेलले जनताले मतदानको माध्यमबाट जनप्रतिनिधि छनोटका लागि गरेको अभिव्यक्तिलाई निष्पक्ष रुपमा लागू गर्ने काम निर्वाचन आयोगको भएकाले सो स्थानमा पुनः मतगणना गराउन आग्रह गरे ।

युनियनका अध्यक्ष नवीना लामाले निर्वाचन आयोगले गरेको निर्णयले दीर्घकालमा गलत परम्पराको नजिर बसाल्नेमा चिन्ता व्यक्त गरिन् । जुलुसमा सहभागीले जनमतको सम्मान गर्नुपर्ने, विधि र कानुनी शासनको अभ्यास गर्नुपर्ने, मानवअधिकारको प्रत्याभूति गर्नुपर्नेलगायत प्रचार सामग्री बोकेका थिए ।

यसैबीच राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले भरतपुर नगरपालिका १९ पुनःमतदान गर्ने आयोगको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष भवानीप्रसाद खरेलले आइतबार एक विज्ञप्ति जारी गरी आयोगले राजनीतिक प्रभावमा परेर उक्त निर्णय गरेको भन्दै असन्तुष्टी जनाएका छन् ।

प्रतिष्ठानले आयोगको निर्णयले निर्वाचन पद्धति र प्रणालीमा नै दूरगामी असर गर्ने र जनताको अभिमतलाई दुरुत्साहित गर्ने भएकाले आफ्नो निर्यणमा पुनःविचार गर्न आयोगसँग आग्रह गरेको छ । रासस

प्रकाशित मिति : २१ जेष्ठ २०७४, आइतबार ००:००