१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले चितवनबाट विरोध प्रदर्शन



चितवन । भरतपुर महानगरपालिका १९ मा पुनः मतदान गर्ने आयोगको निर्णयविरुद्ध नेकपा एमाले चितवनले आइतबार विरोध प्रदर्शन गरेको छ ।

भरतपुरको चौबिसकोठीमा जम्मा भएर एमाले नेता तथा कार्यकर्ता नारा जुलुस गर्दै नारायणगढको पुल्चोक पुगेका थिए । पुल्चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले आफ्नो जित भइसकेकामा सत्ताको प्रभावमा परेर निर्वाचन आयोगले पुनः मतदानको घोषणा गरेको जिकिर गरे । उनले एमालेले कानुनी बाटो र जनताका साथबाट न्याय खोज्ने बताउँदै जनताको मन जिते सधैँ प्रिय होइन्छ भनेका छन् ।

सो अवसरमा एमालेका कार्यवाहक जिल्ला अध्यक्ष तेजेन्द्र खड्काले हार्ने निश्चित भएपछि माओवादी केन्द्रले मतपत्र च्यातेर रडाको मच्चाएको र उसैको पक्षमा आयोगले निर्णय लिनु दुर्भाग्य भएको विचार व्यक्त गरे । रासस

प्रकाशित मिति : २१ जेष्ठ २०७४, आइतबार ००:००