१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरका सबै वडामा निरन्तर सफा गरिने



काठमाडौँ । काठमाडौँ महानगरपालिका सबै वडामा निरन्तर सफा गरिने भएकाे छ । गत बिहीबारदेखि नवनिर्वाचित प्रमुख तथा उपप्रमुखसहितले ‘क्लिन द सिटी’ अभियानको सुरुआत गरिसकेका छन् । तत्कालका लागि कामपाले बाँसबारीबाट चक्रपथतर्फ, एअरपोर्टबाट गौशालातर्फ, बल्खुबाट कुलेश्वरतर्फ र कलङ्कीबाट सोल्टी मोडतर्फ गरी चार मार्गमा सरसफाइ गर्ने योजना राखेको छ ।

सोअभियानअन्तर्गत सडकको धुलो बढार्ने, सडक किनारा सफा गर्नेसम्मका काम हुनेछन् । सफा गरिएको दिन सङ्कलित धुलो टेकु ल्याइने महानगरपालिका, वातावरण व्यवस्थापन विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।

बुधबार पद तथा गोपनीयताको शपथ गरेपछि महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले बिहीबार बिहान बूढानीलकण्ठ नगरपालिका र काठमाडौँ महानगरपालिकाको सिमानामा रहेको बाँसबारीमा सफाइको काम सुरुआत गरेका थिए । रासस

प्रकाशित मिति : २० जेष्ठ २०७४, शनिबार ००:००