१ बैशाख २०८१, शनिबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘अपुरो छाडिएका सडक विस्तारलाई चाँडो पूरा गरिन्छ’



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र सडक विस्तारका क्रममा अपुरो छाडिएका कार्यलाई चाँडो पूरा गरिने बताएका छन् ।

रिपोर्टर्स क्लबले आफू तथा कामपा उपप्रमुखलाई शुक्रबार आयोजना गरेको स्वागत कार्यक्रममा उनले महानगरलाई हरियाली बनाउने उद्देश्यले फोहर व्यवस्थापन तथा वृक्षारोपणलगायत कार्य सुरु गरिएको जानकारी दिए ।

कामपा उपप्रमुख हरिप्रभा खड्गीले पहिलो बैठकले नगरभित्रका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाअन्तर्गत सुविधा बढाएको जानकारी गराउँदै महिला सशक्तीकरण तथा युवा उद्यमशीलताका कार्यलाई प्राथमिकता दिइने प्रतिबद्धता व्यक्त गरिन् । उनले ‘सहर सफा गराँै’ भन्ने अभियानलाई ३२ वटै वडामा विस्तार गरिने जानकारी पनि दिए । रासस

प्रकाशित मिति : १९ जेष्ठ २०७४, शुक्रबार ००:००