१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एउटै पदमा सासूबुहारीको प्रतिस्पर्धा



इलाम । आगामी दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा इलामको सन्दकपुर गाउँपालिका– १ मा एउटै पदका लागि सासूबुहारीको जुहारी चलेको छ ।

यस गाउँपालिकामा दलित महिला कोटामा नेकपा एमाले बाट सासू दिलमाया विक र माओवादी केन्द्र बाट बुहारी सीता विक चुनावी प्रतिस्पर्धामा छन् । दुबैले आ–आफ्नो जित्ने दाबीका साथ मत माग्न गाउँ निस्किएका छन् ।

अहिले बुहारी चुनाव प्रचारपसारमा हिँडिरहेकी छिन् । ‘एउटै घरमा तीन चारवटा राजनीतिक दलमा त उम्मेदवार बनेका छन्, यहाँ हामी पनि सासू बुहारीनै दलित महिला कोटामा दुई फरक राजनीतिक दलबाट उम्मेदवार बनेका छौँ,’ सीताले भनिन् ।

एउटै पदमा एकै परिवारबाट दुई फरक दलबाट उम्मेदवारी परे पनि हामीबीच कुनै घरायसी समस्या नभएको दिलमाया बताउछिन् । रासस

प्रकाशित मिति : १९ जेष्ठ २०७४, शुक्रबार ००:००