५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजधानीलाई हेर्न र बस्नलायक बनाउने गरी काम गर्न निर्देशन



काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनले राजधानी काठमाडौँलाई हेर्न र बस्नलायक बनाउने गरी काम गर्न निर्वाचित आफ्ना प्रतिनिधिलाई निर्देशन दिएका छन् ।

एमालेबाट काठमाडौँ जिल्लाका महानगर र नगरपालिकामा निर्वाचित पदाधिकारी र सदस्यका लागि जिल्ला कमिटीले आयोजना गरेको बधाई ज्ञापन तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले भरतपुर महानगरपालिकामा पुनः मतदान आफ्नो पार्टीलाई कुनै पनि हालतमा मान्य नहुने बताएउदै  पुनः मतदान भएमा आफूहरुले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए ।

सो महानगरपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले भरतपुर– १९ को ९० मतपत्र च्यातेपछि त्यहाँको मतगणना स्थगन भएको छ र अबको प्रक्रियाबारे निर्वाचन आयोगले निर्णय गर्न बाँकी छ । मतगणना पुनःसञ्चालन हुनुपर्ने माग गर्दै एमालेले दुई दिनदेखि व्यवस्थापिका संसद्मा अवरोध गर्दै आएको छ । रासस

प्रकाशित मिति : १८ जेष्ठ २०७४, बिहिबार ००:००