७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुरामा दुई अर्ब बजेट विनियोजन



बाजुरा, सरकारले आर्थिक वर्ष २०७४ /७५ का लागि रु एक अर्ब ९४ करोड ५८ लाख बजेट विनियोजन गरेको छ । जिल्लाका नौवटा स्थानीय तहका लागि सो बजेट विनियोजन गरिएको हो ।

जिल्लाको बूढीनन्दा नगरपालिकाका लागि रु २५ करोड ३९ लाख २४ हजार, त्रिवेणी नगरपालिकाका लागि रु २३ करोड ५५ लाख २१ हजार, बूढीगङ्गा नगरपालिकाका लागि रु २४ करोड ९२ लाख २४ हजार र बडिमालिका नगरपालिकाका लागि रु २५ करोड १२ लाख ३५ हजार बजेट विनियोजन गरिएको छ ।

यस्तै हिमाली गाउँपालिकाका लागि रु १८ करोड ४१ लाख ३७ हजार, स्वामीकार्तिक गाउँपालिकाका लागि रु २१ करोड ४७ लाख ८६ हजार, गौमुल गाउँपालिकाका लागि रु १६ करोड ५३ लाख ४९ हजार र छेडेदह गाउँपालिकाका लागि रु २३ करोड ३९ लाख ६३ हजार बजेट विनियोजन गरिएको छ । रासस

प्रकाशित मिति : १८ जेष्ठ २०७४, बिहिबार ००:००