८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भाडाको घरमा स्थानीय सरकार



जाजरकोट, यहाँका सबै स्थानीय सरकारका प्रमुख भाडामा लिइएको कार्यालयमा बस्न बाध्य भएका छन् । आफ्नो कार्यालय नहुँदा भाडाको घरमा कार्यालय सञ्चालनमा ल्याइएको त्रिवेणी नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताए ।

जिल्लाका सातवटा स्थानीय तहमा भवन नहुँदा जनप्रतिनिधि भाडाको घरमा बस्न थालेका छन् । कतै भने जनप्रतिनिधि बस्न र कार्यालय सञ्चालन गर्ने उचित भवन नपाउँदा समस्या भएको छ । प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष समेतलाई कार्यालय सञ्चालनमा समस्या भएपछि अन्य वडाध्यक्ष थप समस्यामा परेका छन् । जिल्ला सदरमुकाम रहेको भेरी नगरपालिकामा समेत भवन नहुँदा भाडाको घरमा प्रमुख र उपप्रमुखको कार्यालय स्थापना गरिएको छ ।

त्रिवेणी नलगाड नगरपालिकामा केन्द्र कहाँ हुने भन्ने विवाद कायम छ । लहँ, डाडाँगाउँले दल्लीमा केन्द्र बनाउनुपर्ने दाबी गर्दै आएका छन् भने खगेनकोट, रग्दा र भगवतीले मन्मैमा केन्द्र बनाउनुपर्ने माग गर्दै आएका छन् ।

नेपाल राजपत्रमा मन्मैलाई केन्द्र तोकी पठाएको भएपनि जिल्लाका राजनीतिक दलले दल्लीलाई केन्द्र बनाउने निर्णय गरेपछि विवाद भएको हो । उच्च अदालत सुर्खेतले मन्मै केन्द्र नमान्नुको कारण देखाऊ आदेश जारी गरिसकेको छ । रासस

प्रकाशित मिति : १७ जेष्ठ २०७४, बुधबार ००:००