५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापाका अधिकांश मतदान केन्द्र ‘संवेदनशील’



काँकडभिट्टा (झापा), प्रस्तावित अधिकांश मतदान केन्द्रलाई सरकारी सुरक्षा निकायले सुरक्षाको दृष्टिले ‘संवेदनशील’ मानेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील भनी तीन भागमा वर्गीकरण गरिएको छ । झापामा कुल मतदान स्थान २८३ छन् । तिनमा ६५५ मतदान केन्द्र प्रस्तावित गरिएका छन् । तीमध्ये १२७ केन्द्रलाई अति संवेदनशील र ५०१ केन्द्रलाई संवेदनशील भनिएको छ । सत्ताइस मतदान केन्द्रलाई मात्र सामान्य मानिएको छ ।

प्रहरी नायब उपरीक्षक हरि शर्माले सीमा क्षेत्र र विगतमा अवाञ्छित गतिविधि भएका आधारमा झापाका मतदान केन्द्र सुरक्षाका दृष्टिले वर्गीकरण गर्दा बढी संवेदनशील देखिएको बताए । “बोर्डर एरिया भएकाले अधिकांश मतदान केन्द्र संवेदनशील देखिए पनि अन्य तराईका जिल्लाको तुलनामा झापा जिल्लाको अवस्था हालसम्म सामान्य छ” शर्माले भने ।

संवेदनशीलताका आधारमा चुनावमा सुरक्षाकर्मीको परिचालन हुने शर्माको भनाइ छ । उनले चुनावका लागि भनेर सैनिक मुख्यालयबाट मंगलबार बिहान मात्र थप ४०० सुरक्षाकर्मी आइसकेको बताए । चुनाव हुन एक साताअघिसम्म थप सुरक्षा बल झापा आइपुग्ने बताइएको छ । रासस

प्रकाशित मिति : १६ जेष्ठ २०७४, मंगलबार ००:००