५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एउटै चुनाव चिह्नबाट चुनाव लड्न मधेसवादी शक्तिसंग आह्वान



पर्सा, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एउटै चुनाव चिन्हबाट चुनाव लड्न सबै मधेवादी शक्तिसँग आह्वान गरेका छन् ।

सङ्घीय समाजवादी फोरमद्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेस विरोधी शक्तिलाई पराजित गर्न सबै मधेसवादी शक्ति एक हुन आवश्यक रहेको बताए ।

अध्यक्ष यादवले लामो समयदेखि स्थानीय निर्वाचन नभएकाकारण स्वास्थ्य, शिक्षाको स्तर खस्किएको र भ्रष्टाचार मौलाउँदै गएकाले स्थानीय निर्वाचन सम्पन्न भएपछि भ्रष्टाचार अन्त्य हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत गद्दीले स्थानीय तह निर्वाचनमा फोरम नेपाल सहभागी भई मधेस मुद्धाबाट पछाडि नहटेको प्रस्ट पारे । रासस

प्रकाशित मिति : १४ जेष्ठ २०७४, आइतबार ००:००