६ आश्विन २०८०, शनिबार | Sat Sep 23 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कार्यपालिकामा उम्मेदवारी दर्ता, निर्विरोध निर्वाचित



भक्तपुर, स्थानीय तहअन्तर्गत भक्तपुर नगरपालिकाको कार्यपालिका सदस्यहरुको निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।

उम्मेदवारी दर्ता गर्नेहरुमा सुनिता प्रजापति– वडा नं ३, कृष्णलक्ष्मी दुवाल– वडा नं ४, सरिना द्योला– वडा नं ५, रोशनमैया सुवाल– वडा नं ६ र छोरीमैया सुजखू प्रजापति– वडा नं ९ रहेका छन् ।

स्थानीय तहसम्बन्धी ऐन, २०७३ को दफा ६ को उपदफा ३ बमोजिम नगरपालिकामा निर्वाचित महिला सदस्यहरुमध्येबाट पाँचजना कार्यपालिका सदस्य निर्वाचित गर्ने व्यवस्था छ । सो व्यवस्था बमोजिम भक्तपुर नगर कार्यपालिका सदस्यका लागि पाँचजनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका छन् ।

ऐनको दफा ६ को उपदफा ४ अनुसार तीनजना दलित तथा अल्पसङ्ख्यक समुदायबाट कार्यपालिका सदस्य निर्वाचन गर्ने प्रावधानअनुसार भक्तपुर नगरपालिकाको हकमा कसैको पनि उम्मेदवारी परेन । रासस

प्रकाशित मिति : १२ जेष्ठ २०७४, शुक्रबार ००:००