१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चाँगुनारायण ३ मा एमाले विजयी, नगरमा कांग्रेसको अग्रता



भक्तपुर, चाँगुनारायण नगरपालिका वडा नं ३ मा नेकपा एमालेको समूह विजयी भएको छ ।

सो वडाको अध्यक्षमा श्यामसुन्दर धिमाल, महिला सदस्यमा रमा थापा, दलित महिला सदस्यमा सुष्मा सुनार, सदस्यहरुमा नवराज गेलाल र प्रेमबहादुर बाखु विजयी भएका छन् ।

त्यसैगरी, नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजाराम खड्काले दुई हजार ६१९ र उपप्रमुखमा सरु बानियाँले तीन हजार ५७ मतले अग्रता कायम गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नगरप्रमुखमा सोम मिश्र दुई हजार ५२८ र उपप्रमुखमा बिना बास्तोलाले दुई हजार ५६४ मतले पछ्याइरहेका छन् । रासस

प्रकाशित मिति : १२ जेष्ठ २०७४, शुक्रबार ००:००