२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापामा कांग्रेसको चारवटा तहमा उम्मेदवार चयन



काँकडभिट्टा (झापा), नेपाली कांग्रेसले स्थानीय तहको दोस्रो चारणको निर्वाचनका लागि चारवटा तहमा सर्वसम्मत उम्मेदवार चयन गरेको छ ।

दश नगरपालिका र पाँच गाउँपालिका रहेको झापामा बिर्तामोड, दमक, कमल र गौरादह नगरपालिकामा प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवार चयन गरेको हो ।

बिर्तामोड नगरपालिकाको प्रमुखमा जलकुमार गुरुङ, उपप्रमुखमा पार्वता गिरी, दमक नगरपालिकाको प्रमुखमा ढुण्डीराज भण्डारी, उपप्रमुखमा रेगिना भट्टराई, कमल नगरपालिकाको प्रमुख उपप्रमुखमा क्रमशः हुकुमसिंह राई, दीपा गौतम र गौरादह नगरपालिकाको प्रमुखमा रोहित साहलाई चयन गरेको पार्टीका जिल्ला अध्यक्ष उद्धव थापाले बताए ।

उनका अनुसार अन्य तहमा आकाङ्क्षी धेरै भएका कारण उम्मेदवार चयनमा सकस भइरहेको छ । सकेसम्म १२ गतेसम्ममा जिल्ला र क्षेत्रमै उम्मेदवारको टुङ्गो लगाउने र नसकेका स्थानको टुङ्गो केन्द्रीय समितिले लगाउने अध्यक्ष थापाको भनाइ छ । रासस

प्रकाशित मिति : ११ जेष्ठ २०७४, बिहिबार ००:००