१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हनुमन्ते खोला सफाइमा मेयरको चासो



११ जेठ, भक्तपुर । भक्तपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिले हनुमन्ते खोला सफाइबारे छलफल तथा परामर्श गरेका छन् ।

उनले फोहर ढल व्यवस्थापन परियोजनाका अधिकारीहरूसँग बुधबार आफ्नै कार्यकक्षमा परार्मश लिएका थिए ।

नगरको ढललाई व्यवस्थित गर्नुपर्ने, फोहर ढल सिधै खोलामा मिसाउन नहुने, प्रशोद्धनपछि मात्र खोलामा पठाउनु पर्ने उनको जोड थियो । अहिले हनुमन्ते खोलामा निर्माणाधीन ढलको पाइप सानो भएकाले लिवाली, तुमचो दुगुरे, चोखा, कमलविनायकलगायत स्थानको फोहर पानी थेग्न नसक्ने अवस्थामा रहेकाले त्यसको थप अध्ययन गरी सुधार गर्नुपर्नेमा प्राविधिकहरूलाई ध्यानाकर्षण गराए ।

छलफलमा परियोजनाका परामर्शदाता समूहका वरिष्ठ इन्जिनियर ढुण्डिराज दाहाल, समाजशास्त्रीहरु मुकुन्दराज अर्याल र मीन दाहाल, भक्तपुर नगरपालिका–३ का वडाध्यक्ष राजकृष्ण गोरा र भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत रोहितराज पोखरेलको सहभागिता थियो । रासस

प्रकाशित मिति : ११ जेष्ठ २०७४, बिहिबार ००:००