३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दूधपोखरी गाउँ कार्यपालिकाको निर्वाचन प्रक्रिया सुरु



लमजुङ, दूधपोखरी गाउँपालिकाको महिला, दलित वा अल्पसङ्ख्यक पदका निर्वाचन प्रयोजनका लागि बुधबार देखि निर्वाचन कार्यक्रम प्रकाशन गरिएको छ ।

आज १० गते मतदाता नामावली प्रकाशन, ११ गते मतदाता नामावली सच्याउने, १२ गते अन्तिम नामावली प्रकाशन गर्ने, १४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह प्रदान गर्ने र १९ गते मतदान हुने निर्वाचन अधिकृत यामबहादुर बानियाँले जानकारी दिए ।

चार जना महिला सदस्य र दुई जना दलित वा अल्पसङ्ख्यक पदका लागि सो निर्वाचन हुन लागेको हो । कार्यपालिकामा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र छवटै वडाध्यक्ष पदने सदस्य रहनेछन् । रासस

प्रकाशित मिति : १० जेष्ठ २०७४, बुधबार ००:००