२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरको वडा नं. २१ मा नेकपा एमाले विजयी



पोखरा, पोखरा लेखनाथ महानगर पालिकाको वडा नं– २१ मा नेकपा एमालेको समूह विजयी भएको छ ।

उक्त वडामा नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उम्मेदवार खगराज आचार्य दुई हजार ५४४ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केवल गिरीले ८१३ मत प्राप्त गरेका छन् ।

सो वडाको खुल्ला सदस्यद्वय नन्दलाल अधिकारी र रामबहादुर गुरुङ, महिला सदस्यमा अम्विका थापा र दलित महिला सदस्यमा सीतादेवी विक विजयी भएका छन् । रासस

प्रकाशित मिति : १० जेष्ठ २०७४, बुधबार ००:००