९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालीकोटको नरहरिनाथमा एमालेका विष्ट विजयी



कालीकोट, जिल्लाको नरहरिनाथ गाउँपालिकामा अध्यक्षका उम्मेदवार नेकपा एमालेका धिरबहादुर विष्ट विजयी भएका छन् । उनी दुई हजार ४६० मत ल्याई विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मीनबहादुर बोगटीले दुई हजार २३८ मत ल्याएका छन् ।

त्यसैगरी, उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार मनशोभा बुढा विजयी भएकी छन् । उनले दुइ हजार २४९ मत ल्याई विजयी भएकी हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुनिता बुढाले दुई हजार ३८ मत ल्याएको बताइएको छ । नरहरिनाथ गाउँपालिकामा चारवटा वडामा नेकपा एमाले, तीनवटा वडामा माओवादी केन्द्र र दुईवटा वडामा नेपाली कांग्रेसले जित हासिल गरेको निर्वाचन अधिकृत प्रदीपराज अधिकारीले बताएका छन् ।

कालीकोट जिल्लामा दुई नगरपालिका (तिलागुफा र रास्कोट) सहित तीन गाउँपालिका (पचालझरना, सान्नित्रिवेणी र पलांता)मा माओवादी केन्द्रले जित हासिल गरेको छ भने खांडाचक्र नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ ।

महावै गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमालेले विजय हात पारेको छ भने नरहरिनाथ गाउँपालिकामा अध्यक्ष नेकपा एमाले र उपाध्यक्षमा माओवादी केन्द्रले जित हासिल गरेको छ । नरहरिनाथ गाउँपालिकाको नन्दादेवी मावि सेरापाटा मतदान केन्द्रमा पुनः भएको मतदानपछि माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । रासस

प्रकाशित मिति : १० जेष्ठ २०७४, बुधबार ००:००