५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कामपा–१९ मा कांग्रेस विजयी



काठमाडौँ, स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं १९ मा नेपाली कांग्रसको पूरै समूह विजय भएको छ ।

अध्यक्षका उम्मेदवार कांग्रेसका शशीलाल श्रेष्ठले एक हजार ८९९ र उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका आनन्द शाहीले ८२१ मत पा्रप्त गर्नुभएको छ ।

त्यसैगरी महिला सदस्यमा रेणुकमल शाही एक हजार २३१ मत प्राप्त गर्नुभएको छ । दलित महिला सदस्यमा भने कांग्रेसका तर्फबाटै रञ्जिता परियार निरविरोध निर्वाचित भइसकेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।

खुला सदस्यमा कांग्रेसकै तर्फबाट चन्द्रमान डङ्गोल एक हजार १२६ र मधुसूदन प्रधान एक हजार १५२ मत प्राप्त गरी विजयी भएका छन् । हालसम्ममा कामपा–१, २,३, ५, १९, २२, २३, २४, २५, २६, २७, २८, २९ र ३० को मतगणना सम्पन्न्न भइसकेको छ । हाल ४, ६, ७, ८, ९, १३, १५, १७, १८, २०, २१, ३१ र ३२ वडाको मतगणना जारी छ । रासस

प्रकाशित मिति : ९ जेष्ठ २०७४, मंगलबार ००:००