५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरा–लेखनाथ महानगरको स्थगित मतगणना पुनः सुरु



पोखरा, गत शनिबारदेखि स्थगित पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना सोमबार दिउँसोबाट पुनः सुरु भएको छ ।

वडा नं १७ बाहेकका १६, १८ र १९ वडाको मतगणना सुरु गरिएको क्षेत्रीय निर्वाचन अधिकारी गङ्गालाल सुवेदीले जानकारी दिए । सोमबार बिहान भएको सर्वदलीय बैठकले अन्य वडाको मतगणना कार्यलाई अगाडि बढाउने निर्णय गरेको थियो ।

विवादित १७ नं वडाको भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले थप कागजपत्र देखाएपछि गणना सुरु गर्ने निर्णय भएको बताइएको छ । रासस

प्रकाशित मिति : ८ जेष्ठ २०७४, सोमबार ००:००