१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बूढानीलकण्ठमा एमालेको अग्रता



काठमाडौँ, बूढानीलकण्ठ नगरपालिकाका वडा नं ३ देखि १३ सम्मको मत गणना सकिँदा प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमालेका उम्मेदवारको अग्रता छ ।

एमालेका उद्धवप्रसाद खरेलले १० हजार ३२६, नेपाली कांग्रेसका राजु श्रेष्ठले आठ हजार ८४, नेकपा माओवादी केन्द्रका रवीन अधिकारीले तीन हजार ७१७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सानुकान्छा श्रेष्ठले एक हजार ३८६ मत प्राप्त गरेका छन् ।

वडा नं ३ देखि १३ सम्मको मत गणना गर्दा उपप्रमुखमा एमालेकी रीतादेवी राईले ११ हजार ३९८, कांग्रेसकी सुभद्रा खड्काले आठ हजार ७०४, माओवादीकी होमकुमारी दुलालले दुई हजार ८८८ र राप्रपाकी सावित्रा क्षेत्रीले ९०५ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत सुरेशप्रसाद नेपालले जानकारी दिए ।

नगरपालिकाको वडा नं ४ र ६ मा कांग्रेसका वडाध्यक्ष विजयी भएका छन् भने बाँकी वडामा एमालेका उम्मेदवार वडाध्यक्षमा विजयी भएको नगर निर्वाचन कार्यालयले जनाएको छ ।

हालसम्म २७ हजार ४६२ मत गणना सकिएको छ । वडा नं १ र २ को तीन हजार ५०० मत गन्न बाँकी छ । सोमबार बेलुकासम्म मत गणना सकी परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृत नेपालले बताए । रासस

प्रकाशित मिति : ८ जेष्ठ २०७४, सोमबार ००:००