२७ असार २०८२, शुक्रबार | Fri Jul 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोस्रो चरणको चुनाव समयमै हुनेमा ढुक्क रहन आग्रह



धनुषा, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो चरणको चुनाव समयमै हुनेमा सबैलाई ढुक्क रहन आग्रह गरेका छन् ।

जनकपुरमा नेकपा माओवादी केन्द्र, प्रदेश नं २ को पोलिटब्युरो बैठकलाई सम्बोधन गर्नुअघि पत्रकारसँग कुरा गर्दै उनले मधेसमा चुनाव उत्सवमय हुने बताए । उनले मधेसी जनता निर्वाचनमा सहभागी हुन आतुर छन् भन्दै पहाडमा भन्दा मधेसमा बढी मत खस्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले निर्वाचनबाट मधेसको केही माग सम्बोधन हुने र केही माग संविधान संशोधनको माध्यमले पूरा हुने विश्वास दिलाए । प्रधानमन्त्री आइतबार नै राजधानी फर्कने कार्यक्रम छ । रासस

प्रकाशित मिति : ७ जेष्ठ २०७४, आइतबार ००:००