१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कागेश्वरी मनोहरामा कांग्रेसको अग्रता, वडा नं ७ मा समूह विजयी



काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसको अग्रता छ ।

प्रमुखमा कांग्रेसका उपेन्द्र कार्कीले छ हजार ५६२ र एमालेका कृष्णहरि थापाले पाँच हजार ७८७ मत प्रप्त गरेको निर्वाचन अधिकृत प्रकाश कोइरालाले जानकारी दिए । नेकपा माओवादी केन्द्रका महेश्वर फुयालले दुई हजार २१४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शम्भु थापाले ६५२ मत ल्याएका छन् ।

उपप्रमुखमा कांग्रेसकै अनिता अधिकारीले छ हजार २८४, एमालेका बिन्दु सिम्खडाले छ हजार १७१, माओवादीका रुकु रणपालले एक हजार ८०१ र राप्रपाका कुस्मा नगरकोटीले ८०९ मत पाएका छन् ।

निर्वाचन कार्यालयले आइतबार दिउँसो वडा नं ७ को मतगणना सकेको छ । ७ नं वडामा अध्यक्षसहित पाँचवटै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका जीवन थापा एक हजार २९० मत ल्याई अध्यक्षमा निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शैलेन्द्र रायमाझीले ८६८ मत पाएका छन् ।

यसैगरी महिला सदस्यमा शर्मिला कार्की, दलित महिला सदस्यमा शान्ता विशुङ्खे, खुल्ला सदस्यद्वयमा क्रमशः लक्ष्मण पुरी र सहदेव कार्की विजयी भएका छन् । नौ वडा रहेको नगरपालिकामा आइतबार रातिसम्म मतगणना सकी परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृत कोइरालाले बताए । रासस

प्रकाशित मिति : ७ जेष्ठ २०७४, आइतबार ००:००