२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिपुरासुन्दरी गाउँपालिकामा एमाले विजयी



६ जेठ, चौतारा । सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षमा नेकपा (एमाले) का भूपेन्द्र श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले २ हजार ९०५ मत ल्याएका छन्

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भक्तध्वज बोहोराले २ हजार ७०६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि एमालेकै दुर्गा नेपालले २ हजार ८४९ मत ल्याई विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसकी पदमकुमारी श्रेष्ठले २ हजार ६६५ मत प्राप्त गरेकी छन् ।

वडा नं १ मा कांग्रेसका तर्फबाट ८० वर्षीय कर्णबहादुर खड्का प्यानलसहित विजयी भएका छन् । वडा नं ५ मा कांग्रेसका विष्णुभक्त श्रेष्ठ र वडा नं ६ मा रामचन्द्र बुढाथोकी कांग्रेसबाट विजयी भएका छन् । एमालेबाट वडा नं २ मा मानबहादुर थामी, वडा नं ३ मा सुकदेव रिसाल र वडा नं ४ मा भोतेलो थामी विजयी भएका छन् । रासस

प्रकाशित मिति : ६ जेष्ठ २०७४, शनिबार ००:००