१२ चैत्र २०८०, सोमबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन सम्पन्न भएकोप्रति आयोग एकदमै सन्तुष्ट छः आयुक्त शाह



काठमाडौँ, निर्वाचन आयुक्त सुधिरकुमार शाहले पहिलो चरणको स्थानीय तहको निर्वाचनले लोकतन्त्र र गणतन्त्रको जगलाई स्थापित गरेको बताउका छन् ।

आफनो कार्यकक्षमा कुराकानीको क्रममा उनले आगामी सङ्घीय र प्रादेशिक निर्वाचनपछि गणतन्त्रले पूर्ण स्थायित्व प्राप्त गरी संविधान कार्यान्वयनको चक्र समेत पूरा हुने उल्लेख गरे ।

आयुक्त शाहले भने– “पहिलो चरणको निर्वाचन सम्पन्न भएकोप्रति आयोग एकदमै सन्तुष्ट छ, निर्वाचनपछि मुलुकले शान्ति, राजीतिक स्थिरता, विकास र समृद्धिको ढोका खुल्नेछ, सम्पूर्ण मतदाता, राजनीतिक दल र सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दछु ।”

स्थानीय तहको पहिलो चरणको निर्वाचन र मतगणनामा देखिएको कमीकमजोरी र समस्यालाई दोस्रो चरणको निर्वाचनमा दोहोरिन नदिने अठोट व्यक्त गर्दै उनले भने– “दोस्रो चरणको निर्वाचनको लागि संशोधनसहितको सुरक्षा व्यवस्था र व्यवस्थापकीय तयारी भइसकेको छ ।”

पहिलो चरणको निर्वाचनको क्रममा केही स्थानमा भएको अनपेक्षित घटनाप्रति आयोगले दुःख प्रकट गरेको उनले जानकारी दिए ।

पहिलो चरणको निर्वाचनमा आचारसंहिता के–कस्तो रुपमा पालन भए नभएको समीक्षा गरेर दोस्रो चरणको निर्वाचनमा कडाइका साथ लागू गर्ने दृढता व्यक्त गर्दै आयुक्त शाहले भने– “धेरै निकायमा आचारसंहिताको कारण अनावश्यक गतिविधि हुनबाट नियन्त्रण भएको छ ।

मतगणनाको सन्दर्भमा पहिलो एक दुई दिन अलमलमा परेपनि धेरै मतदाता भएको तथा धेरै मत खसेको ठाउँमा आवश्यक सङ्ख्यामा टोली बनाएर मतगणना कार्यलाई तीव्र तुल्याइएको जनाउँदै उनले भने– “मतगणनामा केही ढिलाइ भएको हो, तर एउटै मतपत्रमा सात स्थानमा स्वस्तिक छाप लगाइएको मतपत्र गणना गर्नुपर्ने अवस्थालाई सबैले बुझिदिनु हुनेछ ।” रासस

प्रकाशित मिति : ५ जेष्ठ २०७४, शुक्रबार ००:००