८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुलीका दुधौलीमा एमाले, सुनकोसी गाउँपालिकामा माओवादी विजयी



सिन्धुली, सिन्धुलीका दुधौली नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएका छन् ।

एमालेका घनश्याम राउतले आठ हजार ५९८ मत प्राप्त गरी प्रमुखमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दिनेश अधिकारी दनुवारले आठ हजार २२३ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा एमालेकै बालकुमारी अधिकारी दनुवारले आठ हजार ७४० मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चेतनारायण अधिकारीले आठ हजार २१४ मत प्राप्त गरेका थिए ।

दुधौली नगरपालिकामा १४ वडामध्ये वडा नं १ मा गोविन्द पहाडी, ५ मा चन्द्रकिशोर थारु, ७ मा कुमार बस्नेत र १३ मा मिलन सुनुवार कांग्रेसको प्यानल विजयी भइसकेकोे छ ।

वडा नं २ मा रतेश राउत, ३ मा साने धामी, ४ मा दुर्गा राउत, ८ मा मोहनचन्द्र दाहाल, १२ मा बाघसिंह पाख्रिन र १४ मा एमालेका लीलाबहादुर थापाको प्यानल विजयी भएको छ ।

वडा नं ६ मा लालबहादुर घिसिङ, ९ मा देवप्रसाद अधिकारी, १० मा दुर्गाबहादुर देवकोटा र ११ मा कुमार लामा माओवादी केन्द्र विजयी भएको दुधौली नगरपालिकाका निर्वाचन अधिकृत नुरहरि खतिवडाले जानकारी दिए ।

यस्तै सुनकोसी गाउँपालिकामा अध्यक्ष नेकपा माओवादी केन्द्रका दीपा बोहोराले तीन हजार ४३३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कपिल कोइरालाले तीन हजार २१२ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रकै दीर्घसिंह मोक्तानले तीन हजार ४५४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शान्ता कार्कीले तीन हजार २६८ मत प्राप्त गरेका छन् ।

यस्तै सुनकोसी गाउँपालिकाका ७ वडामध्ये नेपाली कांग्रेसले दुईवटा वडा, एमालेले तीनवटा वडा र माओवादी केन्द्र दुई वडामा विजयी भएका छन् ।

वडा नं १ मा कांग्रेसका विमलमान मोक्तान, वडा नं ३ मा पनि कांग्रसकै रामचन्द्र आचार्यको प्यानल विजयी भएको छ भने वडा नं २ मा एमालेका भोजकुमार सिंजाली, वडा नं ४ मा एमालेकै शङ्कर जर्गामगर र वडा नं ६ मा पनि एमालेकै लक्ष्मीप्रसाद तिमल्सिनाको प्यानल विजयी भएका छन् ।

त्यस्तै वडा नं ५ मा माओवादी केन्द्रका सन्तोष ढकाल, वडा नं ७ मा सोहि पार्टीका लालबहादुर गोलेको प्यानल विजयी भएको सुनकोसी गाउँपालिकाका निर्वाचन अधिकृत किरण रुपाखेतीले जानकारी दिए । रासस

प्रकाशित मिति : ५ जेष्ठ २०७४, शुक्रबार ००:००