२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरा लेखनाथ महानगरपालिका–१० मा कांग्रेस समूह विजयी



पोखरा, पोखरा लेखनाथ महानगरपालिका– १० मा नेपाली कांग्रेसको समूह विजयी भएको छ ।

वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजकुमार गुरुङले एक हजार ४४६ मत ल्याइ विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेन्द्रकुमार गुरुङले एक हजार २० मत प्राप्त गरेका छन् ।

महिला सदस्यमा कांग्रेसकै निशा मल्ल, दलित महिला सदस्यका उम्मेदवार प्रतिभा विक पोख्रेल, खुला सदस्यद्वय सम्मरबहादुर श्रेष्ठ र दीपकबहादुर थापा विजयी बनेका छन् । रासस

प्रकाशित मिति : ५ जेष्ठ २०७४, शुक्रबार ००:००