३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वालिङ नगरपालिकामा कांग्रेस विजयी



वालिङ, स्याङ्जाको वालिङ नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

वालिङ नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका दिलीपप्रताप खाँणले १० हजार ६०० मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पुन्यप्रसाद अर्यालले आठ हजार ७४९ मत प्राप्त गरे ।

त्यस्तै नगर उपप्रमुखमा कांग्रेसकै कल्पना तिवारी नौ हजार ८९५ मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी खगिसरा थापाले नौ हजार ३५७ मत प्राप्त गरिन् । वालिङमा ३१ हजार ३१२ मतदाता रहेकामा २२ हजार ४३४ मत खसेको थियो ।

चौधवटा वडा रहेको वालिङ नगरपालिकामा कांग्रेस प्रमुख र उपप्रमुखसहित सातवटा तथा एमाले सातवटा वडामा विजयी भएको छ । रासस

प्रकाशित मिति : ५ जेष्ठ २०७४, शुक्रबार ००:००